क्यान्सर पिडितका लागि खुसीको खबर ! छोटो समयमा नै यसरी आफ्नो जीवन जमराको सहयोग द्धारा पाईन सिताले, जानकारी लिनुहोस

काठमाडौं/ न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि राती सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा भ्याई नभ्याई हुन्छ


हिन्दुहरुले बडा दशैँमा पवित्र मानेर शीरमा लगाउने जमराको सेवनले मुटु रोग, दम, क्यानसर र अन्य कैयौँ रोग निको हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर जमराको रसको सेवनले हाड जोर्नी सम्बन्धी रोग, पाचन प्रणालीको समस्या, स्वास प्रस्वास सम्वन्धी रोग, मुत्र सम्वन्धी गडबडी, मुटु रोग तथा अन्य सबै खालका दीर्ध रोग निको हुने भन्दै सीता भट्राई बिगत १ वर्ष यता अनबरत रुपमा यसको खेती गरि यसलाई औषधीको रुपमा प्रयोग गर्दै आएकी छिन् । घरको वल्लो कुनादेखि पल्लो कुना सम्म र तलदेखि माथि सम्म जमराका गमलाले खचाखच भरिएको हुन्छ । अझ भनौं, उनको घर नै जमरामय बनेको छ ।

त्यसो त सीता भट्टराई आफै पनि क्यान्सर पीडित थिइन् । आजभन्दा १९ वर्षअघि ‘एनिमिया’ रोगले ग्रसित उनको गर्भावस्थाका बेला छातीको क्षयरोग देखाप¥यो । लामो समयसम्म क्षयरोगको औषधी सेवन गरिरहेकी उनलाई औषधीको साइड ईफेक्ट देखा पर्न थाल्यो । एनिमिया र क्षयरोगको उपचार गरिरहेकी उनी फेरि थाइराइडले ग्रसित भईन् । उपचारका लागि विभिन्न अस्पताल धाइन् । तर, नेपालका कुनै पनि अस्पतालले उनको समस्या समाधान गर्न सकेनन् ।
नेपालमा उपचार सम्भव नदेखेपछि उनी भारतको नयाँ दिल्ली पुगिन् । उनलाई दिल्लीको डंकन अस्पतालले क्यान्सर रोग भएको पुष्टि ग¥यो । दिनानुदिन एकपछि अर्को गर्दै रोग थपिँदै गएकाले सीता आक्रान्त बनेकी थिइन् । उपचारमा थुप्रै रकम खर्च भयो तर उनको रोग बीसको उन्नाईस भएन


उनका श्रीमान् प्रताप भट्राईले श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । नेपाल र दिल्लीमा मात्र करिव १२ लाख रुपैयाँ उपचारमै खर्च गरे तर सब निरर्थक भयो । आफूसँग भएको सबै पैसा रित्तियो । उनीसँग अन्य कुनै विकल्प बाँकी रहेन । जति खर्च गरे पनि रोग निको हुने संकेत नदेखेपछि निराश हुँदै उनीहरू नेपाल फर्किए । नाम चलेका देश–विदेशका थुप्रै अस्पताल चहार्दा समेत उपचार सम्भव नभएपछि उनको बाँच्ने आशा पनि मरिसकेको थियो ।

घरमा नाबालक दुई छोरा र श्रीमानलाई देखेर सीता भक्कानिन्थिन् । मृत्युको कल्पना कति भयङ्कर हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । यही यथार्थ भोगाई थियो सीताको । आफू मरेपछि नाबालक छोराहरूको बिचल्ली हुने पीरले उनी गहिरो मानसिक डिप्रेशनबाट गुज्रिन थालिन् । माईग्रेनले टाउको दुखेर सहनै गाह्रो हुन्थ्यो । दिनानुदिन सीताको अवस्था नाजुक बन्दै गयो । रोग निको हुने कुनै संकेत देखिएन । बाँचेर केही गर्ने र छोराहरुको खुसी हेर्ने उनको रहर पुरा नहुने भए पछि उनी मानसिक रुपमा समेत विक्षिप्त बनिन् ।

अन्ततः बाँच्ने आशा मारिसकेकी सीताले पुनर्जीवन प्राप्त गरिन् । पत्याउनै मुस्किल, उनलाई जमराले साँच्ची नै नयाँ जीवन दियो । ‘नवजीवन योगाश्रम’का पहनबहादुर महतराको आश्रममा गएर उनले केही समय ध्यान गरिन् र जमराको रस खान थालिन् । महतराले आफ्नो योगाश्रममार्फत् लामो समयदेखि जडिबुटि, योग र तान्त्रिक पद्धतिअनुसार बिरामीलाई उपचार गर्दै आएका थिए । त्यहाँ उनलाई जौँको जमराको औषधीय गुणका बारेमा थाहा भयो । केही समय महतराको आश्रममै गएर जमराको रस खान थालेपछि शरीर तन्दुरुस्त बन्दै गएको बताउँदा सीताको मुहारै उज्यालिन्छ


विज्ञान–प्रविधिको यो युगमा कैयौँ नाम चलेका अस्पतालले समेत निको पार्न नसकेको उनको रोग जमराले निको बनाएको पत्याउन मुस्किल छ । तर विगत २ वर्षयता जमराको रस नियमित खाँदै आएकी उनी आफूभित्र भएका सबै रोग निको भएको दाबी गर्छिन् । केही महिनाअघि उनले डाक्टरलाई देखाउँदा क्यान्सर पुरै निको भइसकेको रिपोर्ट आयो । क्यान्सर समेत निको भएको देखेर सीता आश्चर्यचकित भईन् । जमराले साँच्ची नै उनलाई नयाँ जीवन दियो । जमराको चमत्कार देखेर सीता र उनको परिवारको खुसीको सीमा रहेन । भन्छिन्, ‘जमराको रस अमृत–रस रहेछ, जसले मलाई पुनर्जीवन दियो

।’
जमराको रस नियमित सेवनबाट आफ्ना असाध्य रोग सबै निको भएपछि उत्साहित बनेकी उनले आफ्नै घरमा जमरा उमार्न थालिन् । हाल उनी आफूजस्तै क्यान्सर र अन्य रोगबाट पीडित बनेकालाई जमराको रस खुवाउँछिन् । अहिले उनीकहाँ क्यान्सर र अन्य विभिन्न दीर्घरोगबाट पीडित करिव १५० जनाभन्दा बढीले नियमित जमराको रस पिउने गर्छन् । बिहानैदेखि घरमा जमराको रस खान आउनेको भिड लागेको हुन्छ । बिहन ४ वजेदेखि राती १० वजे सम्म भ्याई नभ्याई हुन्छ उनलई ।

विगत १० महिनायता सीताले व्यावसायिक तरिकाले जमराको खेती गर्दै आएकी छिन् । आफूले उन्नत जातको बीउ, माटो र मल प्रयोग गरी जमरा उमार्ने गरेको उनी बताउँछिन् । जमरामा रोग प्रतिरोधात्मक तत्व प्रशस्तै पाइने हुँदा यसको बहु–उपयोगिताको बारेमा धेरैलाई थाहा नभएको उनको भनाइ छ । जुन सुकै रोगका लागि पनि जमराको रस उपयुक्त हुने भएकाले घरघरमा यसको खेती गरेर स्वस्थ जीवन जीउनका लागि सर्वसाधारणलाई उनी सुझाव दिन्छिन् । भन्छिन्, ‘नेपालीले स्वस्थ जीवनयापन गर्ने हो भने सबैले आआफ्नो घरमा जमरा उमार्नु पर्छ र नीयमित यसको रस पीउनु पर्छ’ । हरेक दिन बिहान खाली पेटमा ३० मिलिलिटर जमराको रस अमृत समान हुने उनको भनाई छ


उनीसँगै ९ महिनादेखि जमराको जुस पिउँदै आएकी काठमाडौं माकलबारीकी ५८ वर्षीया कृष्णमाया राईको आँखा कमजोर थियो । चामल केलाउन, सियोमा धागो हाल्न लगायत अन्य मसिनो काम गर्न अरुको सहारा लिनु पथ्र्यो । चस्मा विना कुनै पनि काम गर्न नसक्ने उनी २०४७ सालदेखि चस्माको भरमा काम गर्थिन् । तर जमराको रस पीउन थाले देखि आखाको ज्योती फर्केको उनको भनाई छ । अहिले चस्माबिना नै राम्रो सँग आँखा देख्ने भएको उनी बताउछिन् । ‘आजकाल सियोमा धागो पनि आफै हाल्छु’ उनले खुसी हुँदै भनिन् । जमराको रसले आँखा देख्ने भएको भन्दै उनले खुसि ब्यक्त गर्छिन् ।
माकलबारीकै ५४ वर्षीया सुभद्रा पौडेल पनि नियमित जमराको रस सेवनले उच्च रक्तचाप र बाथरोग नै निको भएको दाबी गर्छिन् । हात खुट्टा झमझमाउने हुँदा राम्रो संग हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो । पहिले औषधि उपचारमा निकै खर्च भयो तर निको भएन । तर आजकाल जमराको रस पीउन थालेदेखि पहिले जस्तै तन्दरुस्त भएको उनी बताउछिन् । ‘प्रेशर पनि घटेको छ, आजकाल प्रेशरको औषधि पनि खान छोडेँ जमरा त साँच्चीकै अमृत रहेछ’। आफु सबै रोगबट आफु मुक्त भएको उनको भनाई छ ।

त्यसो त अमेरिकी भू–विज्ञ डा. आर्क टक्सले गरेको अनुसन्धानबाट जमराको औषधीय गुणका बारेमा पुष्टि भईसकेको छ । डा. टक्सका अनुसार जमरा आहार र औषधि मध्ये सर्वोत्कृष्ट वनस्पती हो । अन्य हरिया सागपातमा पाईने पौष्टिक तत्वहरु भन्दा जमरामा पाईने तत्वहरु तुलनात्मक रुपमा बढि हुन्छ । यसमा रोग संग लड्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सर समेत निको हुने दावी डा. टक्सको छ


आन विगमोर नाम गरेकी एक जना अमेरिकी महिला डाक्टरले गहुँ तथा जौँको जमराको रसको प्रयोग र खोज गर्ने क्रममा पृथ्वीमा भएका अन्य ४७०० विभिन्न वनस्पती संग यसको तुलना गरेर हेरिन् । उनले १ औँस (२८.४ ग्रा.) जमराको रसमा ४० औंस (११३ ग्रा.) साग सब्जीको रसमा पाईने भन्दा बढि खनिज तत्व, पोषण र भिटामिन रहेको पाईन् । जमराको रस मानव जातीको रगत संग ४० प्रतिशतले मेल खाने र यसमा ७० प्रतिशत हरितकणिका रहेको पत्ता लगाईन । यसको नियमित सेबनले मानिसको रक्त बिकार कलेजोको विषाक्तता, पेट र आन्द्राको खरावीलाई समेत ठिक गरिन् । जमराको रसको सेवनले पुराना घाउ, मधुमेह तथा क्यान्सर समेत निको पार्न उनी सफल भईन् ।
गहुँ तथा जौँको जमराको रस सेवनबाट रोगको उपचार भएपछि डा. विगमोर आफै संसारका बिभिन्न देशमा पुगेर उपचार गरि धेरै प्रकारका रोगीहरुलाई निको पारिन्

। उनले भरतमा समेत जमराको उत्पादन गरेर क्यान्सर लगायत अनेक रोग निको बनाएको प्रत्यक्ष उदाहरण पेश गरिन् । अहिले उनी बिभिन्न देशहरुमा जमरा सेवनबाट उपचार गरिरहेका चिकित्सक, जमरा उत्पादक र सर्वसाधारण नागरिकलाई तालिम दिईरहेकी छिन् ।
नेपालमा बिगत केहि वर्ष यता जमराको प्रयोग भएको पाईतापनि यसले खासै व्यापकता पाउन सकेको छैन । जमराको औषधीय गुणका बारेमा बिभिन्न देशले अनुसन्धान तथा प्रयोग गरिरहेका छन् । नेपालमा हालै मात्र विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले जमराको बारेमा खोज र अनुसन्धान सुरु गरेको जनाएको छ । जमराका बारेमा अनुसन्धान जारी रहेको प्रतिष्ठानअन्तर्गत विज्ञान संकायका प्रमुख जयश्री सिजापतिले जानकारी दिईन् । जमरामा धेरै औषधीय गुण व्याप्त रहेको बताउँदै यसबारेमा प्रचार–प्रसार हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, जमराको बारेमा लामो समयदेखि खोज–अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर तीर्थ बहादुर श्रेष्ठ पनि जमरामा प्रशस्तै औषधीय गुण भएको बताउँछन् । परम्परागत रूपमा मानिसले रोग लागेमा जमराको प्रयोग गर्ने गरेको भए पनि आधुनिक चिकित्साको विकासक्रम सँगसँगै यसको उपयोग र ज्ञानमा समेत कमी आएको उनको भनाइ छ । यसको नियमित सेवनले मानिसमा रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकासमा टेवा पु¥याई जटिल रोगको उपचारमा सहयोगी बन्ने उनको भनाइ छ । उनले जमराको बारेमा खोज तथा अनुसन्धान गरि विभिन्न तथ्य सार्वजनिक समेत गरिसकेका छन्


बहु–उपयोगी जमराको बारेमा व्यापक प्रचार–प्रसार हुनसके उपचार नपाएर रोगले आक्रान्त बनेकाहरूलाई राहत हुनेमा दुई मत छैन । स्थानीय स्तरमै उत्पादन तथा प्रयोग गर्न सकिने बहुगुणी जमराको उपयोगिताबारे सरकारी तवरबाटै जनचेतनामूलक अभियान थाल्नुपर्ने आवश्यकता महसुस गरिएको छ । बेलैमा यसको औषधीय गुणको बारेमा सचेत भई सफल प्रयोग गर्न सके आउँदो पिँढीले यसबाट प्रशस्त लाभ लिन सक्थ्यो कि ?

क्यान्सर पिडितका लागि खुसीको खबर ! छोटो समयमा नै यसरी आफ्नो जीवन जमराको सहयोग द्धारा पाईन सिताले, जानकारी लिनुहोस

परापूर्व कालदेखि नै ध्यानको अभ्यासः ध्यान गर्नुका अनेक फाइदा

ध्यान, शरीर विज्ञानसँग जोडिएको कुरा हो । ध्यानको अर्थ चेतनासून्य अवस्थामा रहनु यो । सामान्य अभ्यासले यस्तो चरणमा पुगिदैन । यसका लागि साधना चाहिन्छ । धैर्यता चाहिन्छ । नियमितको अभ्यास चाहिन्छ । परापूर्व कालदेखि नै ध्यानको अभ्यास गरिंदै आएको छ । हाम्रा ऋषिमुनीहरुले त ध्यानबाटै आफुमा उर्जा एवं शक्ति प्राप्त गरे भनिन्छ । मन र शरीरलाई जोड्ने सर्वोत्तम माध्याम हो, ध्यान । यसले मनलाई शुद्धिकरण गर्छ । चेतना स्तर उकास्छ ।

के हो ध्यान ?

ध्यान के हो त ? रजनीसले भनेका छन्, ‘शरीरको आन्तरिक जागरण ध्यान हो । सधै निर्विचारको अवस्थामा रहनु नै ध्यान हो ।’  ध्यानमा इन्दि्रय मनको साथ, मन बुद्धिको साथ र बुद्धि आफ्नो स्वरुप आत्मामा लीन हुन थाल्छ । यसको खास अर्थ हो,  जागरुकता, चेतना, होस, साक्षीभाव र दृष्टा भाव । यसलाई योगको आठौं अंग मानिन्छ । वाह्य वातावरणमा जसरी अनेकौ किसिमको कोलाहाल हुन्छ, त्यसैगरी हाम्रो मनमा पनि एकसाथ असंख्य कल्पाना र बिचारले कोलाहाल मच्याइरहेको हुन्छ । यो भनेको मनोविकार हो । यसले हामीलाई मनोरोगी बनाउँछ । अन्ततः यसले हामीलाई जिर्ण र रोगी बनाउँछ । यस्तो अवस्थामा ध्यानले मनको विकार हटाउन सहयोगी भूमिका खेल्छ । ध्यानले अनावश्यक कल्पना वा विचारलाई मनबाट हटाएर शुद्ध र निर्मल मौनमा रहनु हो । जति जति ध्यानमा गहिरिदै जान्छ, उत्तिनै व्यक्तिको भाव, कल्पना, विचारले कोलाहल मच्याउँदैन । मन र मस्तिष्कलाई मौन अवस्थामा राख्नु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना र अतितको सुखदुखमा जिउनु ध्यान विरुद्ध हो ।

ध्यान नै किन ?

सामान्य हिसावले हेर्दा ध्यानले तनावमुक्त गराउँछ । यसले मनलाई स्थिर, शान्त, संयमित राख्छ । यसले मानसिक विकार हटाउँछ । शरीरमा आन्तरिक शक्ति विकास गर्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । एक्लोपना, निराशाबाट मुक्त दिलाउँछ । ध्यान त्यही विधा हो, जसद्वारा हामी आफ्नो मन, मस्तिष्क, इन्द्रियलाई नियन्त्रणमा राख्न सक्छौ । यो परम आनन्दको द्वार अर्थात ढोका हो, जसले भौतिक मोह, रिस, आवेग, तनावलाई निर्मूल गर्छ ।

कसरी बस्ने ध्यान ?

भनिन्छ, ध्यान हाम्रो स्वभाव हो, जसरी हामी रुन्छौ, हाँस्छौ । त्यसैले यसको अभ्यास आफैमा कठिन भएपनि असम्भव भने छैन । निरन्तर र नियमपूर्वक अभ्यासले हामी ध्यानको अवस्थामा रहन सक्छौ । ध्यान कुनै कठिन व्यायाम होइन । यो जटिल आसन पनि होइन । पद्मासनमा वा अर्धपद्मासनमा बसेर गरिने साधरण क्रिया हो । तर, यसका लागि आफुले आफैलाई संयमित राख्न सक्नुपर्छ । १. ध्यान गर्नका लागि एकदमै शान्त, स्वच्छ वातावरण आवश्यक हुन्छ । २. बिहानको समय सर्वोत्तम हुन्छ, जतिबेला वायुमण्डलमा स्वच्छ हावा चलिरहेको हुन्छ । ३. शान्त स्थानमा पद्मासन एवं अर्ध पद्मासनमा बस्नुपर्छ । आँखा बन्द गर्नुपर्छ । ४. अब हामीले आफ्नो सम्पूर्ण ध्यान आफ्नो स्वासप्रश्वासमा केन्दि्रत गर्ने । ५. शुरुमा मन यताउता भड्कन सक्छ, तर संयमित भएर यहि अभ्यास गरिरहने । ६. यसरी श्वासप्रश्वासमा ध्यान केन्दि्रत गर्ने अभ्याससँगै विस्तारै ध्यानको गहिराइमा पुग्न सकिन्छ ।

 

परापूर्व कालदेखि नै ध्यानको अभ्यासः ध्यान गर्नुका अनेक फाइदा

८० प्रतिशत रोगको कारण ‘मन’ – स्वामी आनन्द अरुण – स्वास्थ्य खबरपत्रिका

स्वामी आनन्द अरुण

 

मानिसलाई रोग किन लाग्छ ? रोग शरीरमा लाग्छ भन्ने आम बुझाइ छ । शरीर र मन अलग अलग हुँदैनन् । मानव शरीर त एउटा इकाइ हो । शरीर भन्दा पनि मन नै रोगको मुहान हो । मानिसको शरीर र मन जोडिएका हुन्छन् । मन नै स्वस्थ छैन भने जति उपचार गरे पनि रोग निको हुँदैन । मनमा नकारात्मक सोचाइ हुनासाथ मानिसलाई रोग लाग्छ । एउटा विरामीका कारण सम्पुर्ण परिवार नै बिरामी हुन पुग्छ । उपचारका क्रममा ध्यान (मेडिटेसन) र औषधि (मेडिकेसन) अलग गरेमा त्यो अपुर्ण हुन्छ । रोग लागि सकेपछिको अवस्थामा निको पार्न औषधि चाहिन्छ तर औषधिले मात्रै रोग निको पार्न सक्दैन । औषधिले लक्षण ठीक पर्ला तर रोग निको हुँदैन । शरीर स्वस्थ हुन मन स्वस्थ हुनुपर्छ । चिकित्सकहरु पनि ८० प्रतिशत रोगको कारण ‘मन’ हो भन्नेमा सहमत छन् । २० प्रतिशत रोगको कारण मात्र व्याक्टेरिया, जीवाणु, संक्रमण, जेनेटिक आदि हुन् ।

 

त्यसो भए सही उपचार पद्दति के हो त ?

एलोपेथी चिकित्सा विज्ञान पश्चिमा मुलुकको उपचार विधि हो । पूर्वीय मुलुकको मौलिक उपचार विधि आयुर्वेद, प्राकृतिक चिकित्सा, युनानी, हकिम, चाइनिज हर्वललगायतका हुन् । हामी पश्चिमा विधिमा लाग्दैछौ, पश्चिमाहरू पूर्वीय पद्दतिमा लाग्दैछन् । एलोपेथी उपचारको अनुसन्धान गर्ने पश्चिमा मुलुक पनि मनको उपचारबाट मात्रै रोग निको पार्न सकिन्छ भन्ने अवधारणामा आधारित भएर नयाँ निश्कर्षहरु सार्वजनिक गरिरहेका छन् । बिभिन्न अनुसन्धानहरूले पनि मन स्वस्थ नभएसम्म रोग निको हँुदैन भन्ने पुष्टि गरिसकेका छन् । शरीर र उपचारलाई एलोपेथीले खण्डखण्ड गरेर हेर्छ भने पूर्वीय अवधारणाले समग्रतामा हेर्छ । जस्तै पेटको रोग लागेमा एलोपेथीले पेट मात्र हेर्छ, यसका अन्य समस्या हेर्दैन । पेटको समस्याको कारण अन्यत्र पनि हुनसक्छ । रोगका अन्य कारणसमेत गहिरिएर हेरियो भने मात्र रोग निर्मुल हुन्छ । उपचारको प्रारम्भिक बिधि भनेको मनको व्यवस्थापन गर्नु नै हो ।

 

मनको व्यवस्थापन त भन्नु भयो, मन के हो ?

मन भनेको विचारको संग्रह हो । हामीले सुनेका, पढेका कुरा सोचमा संग्रहित हुन्छन् । गलत विचार लिए गलत मन बन्छ, सही विचार लिए सही मन बन्छ । मनलाई स्वस्थ राख्ने माध्यम साहित्य, मनोरञ्जन,ध्यान आदि हुन् । अहिले त मानिसको मनको ‘इनपुट’ नै आक्रामक भएर आएको छ । मनलाई स्वस्थ राख्न व्यक्ति आफैंले सबैभन्दा पहिला पहल गर्नुपर्छ । मनलाई सही दिशामा डो¥याउनका लागि समाज, संगत, चिन्तन र सञ्चार माध्यमको भूमिका रहन्छ ।

 

मनलाई स्वस्थ राख्न के गर्नु पर्ला ?

मन अस्वस्थ हुनुको कारण मानिसको जीवन शैलीसँग जोडिएको छ । विश्वव्यापी तथ्याङ्क अनुसार मानिसले ६ घण्टा टेलिभिजन हेरेर समय विताउँछ । यो ६ घण्टाको अनुत्पादक समयलाई योगा, ध्यान र विज्ञानतिर फर्काउन सके मनलाई स्वस्थ राख्न ठूलो उपलन्धी हासिल हुन्छ । अर्को कुरा टेलिभिजन कार्यक्रमले पनि मनमा विकृति बढाउने गरेका छन् ।  अस्पताल खोलेर मात्र मानिसलाई स्वस्थ बनाउन सकिँदैन, यससँगै मानिसका क्रियाकलाप पनि स्वस्थ हुनुपर्छ । मानिसले हेर्ने, सुन्ने, पढ्ने सबै कुरा सकारात्मक हुनुपर्छ ।

 

एलोपेथी उपचारको अस्तित्वलाई चुनौति दिन सकिन्छ त ?

हामी पूर्वीयहरू जथाभावि औषधि खान्छौं । एलोपेथि औषधिको प्रतिअसर बढी हुने भएकोले पश्चिमा चिकित्सकहरुसमेत अत्यावश्यक अवस्थामा बाहेक औषधि सिफारिस गर्दैनन् । नेपालमा सामान्य समस्यामासमेत एन्टिवायोटिक प्रयोग गर्ने गरेको पाइन्छ । शिक्षित वर्गले पनि औषधि पसलबाट सिधै औषधि किनेर खाने गरेको पाइन्छ । औषधि खानुपूर्व के का लागि त्यो औषधि खाइँदैछ भन्ने ध्यान दिनु पर्छ । रोग भनेको त लक्षण हो । त्यसैले रोगको होइन रोगीको उपचार गर्नुपर्छ । त्यसका लागि औषधिले मात्रै हुँदैन । रोग लाग्यो  भने आधुनिक चिकित्साले अंग नै काटेर फालिदिन्छ । तर रोगको खास कारण के हो भन्नेमा गहिरिएर जाँदैन । रोगी अंगले त रोगको सूचना दिने हो । त्यो अंग नै काटेर फालिदिएमा अंगले शरीरलाई रोगको सूचना दिन सक्दैन । त्यसैले उपचार पछि पनि समस्या दोहोरिने गर्छ ।

 

एलोपेथी उपचार पद्दतिका विकृति के देख्नु भएको छ ?

हामी एलोपेथीका विरोधी भने होइनौं तर एलोपेथी जसरी फस्टाइरहेको छ त्यो खतरनाक स्थितिको संकेत हो । यसले गर्दा नचाहिने अवस्थामा पनि औषधिको प्रयोग बढ्दै गएको छ । एलोपेथीले त शरीरलाई निरोगी बनाउने नाममा रोगी बनाउदै लगिरहेको छ । सुनिन्छ चिकित्सक पनि पैसाका लागि कमिशनको चक्करमा लागेका छन् । अहिले त चिकित्सकलाई औषधि लेखे पनि कमिसन, ल्याब परीक्षणमा पनि कमिशन आउने गरेको सुनिन्छ । तर सबै चिकित्सक खराब छन् भन्ने मेरो आसय होइन । तर यो राम्रो संकेत होइन । कमिसनको लोभमा अनावश्यक औषधि लेख्ने र अनावश्यक परीक्षण गराउने प्रवृत्ति बढ्दै गएको छ । राजनीति पछि स्वास्थ्य र शिक्षा क्षेत्र बढी व्यावशायीकरण हुँदै गएका छन् । निजीकरणले पनि थुप्रै व्यावसायिक बाध्यताको सिर्जना भएको छ । लगानी उठाउनका लागि शरीरमाथि खेलवाड गर्ने प्रवृत्ति बढिरहेको छ । तर यस्ता कुरालाई व्यावशायिक बाध्यता भन्न मिल्दैन । शुरुमा समाजमा शिक्षक र चिकित्सा पेशा प्रतिष्ठा र सम्मानका  पेशा थिए । यसमा पैसाको कुरा आउँदैनथ्यो । अहिले यी पेशा व्यावशायिक बन्दै गएका छन् । पैसा मानिसको आवश्यकता होला तर पेशालाई प्रतिष्ठासँग पनि जोडेर हेर्ने हो भने पनि विकृति केही कम हुन्छ ।

पूर्वीय उपचार पद्दति किन फैलिन सकेन त ?

पूर्वीय दर्शनमा आधारित आयुर्वेद विज्ञानमा राम्ररी अनुसन्धान हुन सकेको छैन । अनुसन्धान र प्रविधिबाट हामीले आयुर्वेदलाई एलोपेथी सरहको गुणस्तर दिन सकेपछि बल्ल त्यसको विस्तार हुन सक्छ । पश्चिमा राष्ट्रले पनि पूर्वीय दर्शनलाई स्वीकार गरिसकेको अवस्थामा पनि हामीले त्यसलाई अपनाउन सक्ने तहको उत्पादन र महत्व बुझाउन सकेनौ । सरकार  पनि मौलिक उपचार पद्दति बिर्सिएर एलोपेथीकै प्रवद्र्धनमा लागेको छ । यसले गर्दा अहिले नै एलोपेथीलाई छोड्न सक्ने अवस्था छैन । कम्तिमा आयुर्वेदलगायतका उपचार पद्दतिको प्रोत्साहन हुने गरी निजी क्षेत्रले लगानी गर्ने वातावरण सरकारले बनाउनु पर्छ ।

 

पूर्वीय दर्शनमा आधारित उपचार पद्धतिको प्रवद्र्धन हुन नसक्नुको कारण के हो त ?  

नेपालमा आर्थिक पूर्वाधारको ठूलो अभाव छ । पछिल्लो युग अर्थतन्त्रमा आधारित भएकोले आर्थिक समृद्धिविना विकास संभव छैन । यसले आधारभूत विकासका लागि नै समय लाग्ने देखिन्छ । नेपालमा आर्थिक क्रान्ति गरेर जडीबुटीबाट फाइदा लिन सक्नुपर्छ । जडीबुटीको नेपालमा खानी नै भए पनि हामीले त्यसको निर्यात गर्न सकेका छैनौ । अष्ट्रेलियालगायतका विकसित मुलुकमा नेपाली जडीबुटीको ठूलो माग भए पनि हामीले अनुसन्धान र प्रशोधन गर्न नसक्दा हामीले निर्यात् गर्न सकिरहेका छैनौं ।

 

त्यसो भए ध्यान, आयुर्वेद र प्रकृतिक चिकित्सा एकअर्काका परिपूरक हुन त ?

ध्यान, साधना हो पेशा होइन । विभिन्न पेशाका मानिस जम्मा भएर आनन्दका लागि ध्यान गर्छन् । ध्यान पनि एउटा उपचार पद्धति नै हो । तर ध्यान गर्नुभन्दा अघि शरीर शुद्धीकरण हुनुपर्छ । शरीर शुद्ध हुनासाथ ८० प्रतिशत रोग निको हुन्छ । तपोवन आश्रम सञ्चालनका लागि आर्थिक पक्ष पहिलो प्राथमिकतामा पर्दैन । यो हाम्रो हबी हो । यसलाई हामीले पेसाभन्दा पनि प्रतिष्ठासँग जोडेका छौं । स्वस्थ्य मन र तनका लागि मानिसलाई कसरी औषधिबाट अलग गर्न सकिन्छ भन्ने चिन्तनमा हामी अगाडि बढेका छांै । यही सोच नै लाइफ म्यानेजमेन्ट सेन्टर हो । नेपालमा नाम चलेका आयुर्वेद केन्द्र र वैद्य छन् । अनुसन्धान र प्रचारबाट हामीले आयुर्वेदिक र प्राकृतिक चिकित्साप्रति मानिसको विश्वास बढाउँदै लानुपर्छ । अहिले त मानिसहरू एलोपेथीले नसकेपछि मात्रै आयुर्वेद तथा प्रकृतिक चिकित्सामा पुग्छन् । अब ध्यान, आयुर्वेद र बैकल्पिक चिकित्सालाई मूलधारमा ल्याउनु जरुरी छ । यी तीन कुराको संयोजन नै पूर्ण उपचारको बिधि हो ।

 

मानिस स्वस्थ रहन समग्रमा के के कुराको जरुरी पर्छ ?

समग्र रुपमा भन्नु पर्दा हामीले भनेको होलेस्टिक चिकित्सा भित्र माया र यौनका कुरा पनि पर्छन् । स्त्री र पुरूषबीचको सम्बन्धले पनि मनलाई खुसी र शान्त बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।  सकारात्मक सोचाइ, विश्वास, यौन र माया पनि स्वस्थ रहने माध्यम हुन् । मान्छेले शान्तिका लागि ब्रम्हचार्यको बाटो रोजेको हुन्छ तर ब्रह्मचारीको आयु नै कम हुन्छ । जसको यौन जीवन लामो हुन्छ उसको आयु पनि लामो हुने देखिएको छ । यस बिषयमा मैले ‘माइन्युट्ली’ अध्ययन पनि गरेको छु । मानिस निरोगी बन्न भावनात्मक (इमोसनल) सपोर्ट चाहिन्छ । इमोसनल सपोर्ट नभएको मानिस आफु पनि खुसी हुन सक्दैन र अरु पनि खुसी भएको देख्न सक्दैन । समाजमा कसरी वैज्ञानिक तरिकाले ‘इमोसनल सपोर्ट’ स्थापित गर्ने भन्ने ठूलो चुनौति बनेको छ । औषधि खाएर रोगबाट मुक्ति मिले पनि त्यो स्वस्थ हुनुको परिभाषा होइन । मानिसमा उत्साह, प्रेम, आँट, सिर्जना छैन भने उसलाई स्वस्थ भन्न सकिँदैन । अर्को कुरा अरूको आलोचना गर्ने मानिसलाई पनि स्वस्थ भन्न मिल्दैन । स्वस्थ रहनु भनेको एउटा विधायक स्थिति हो । स्वस्थ मानिसको नजिक बस्दा आनन्द महसुस हुनुपर्छ । अध्यात्म विना  पनि मानिस स्वस्थ रहन सक्दैन ।   http://www.swasthyakhabar.com/news-details/3361/2017-03-09

स्वस्थ रहन खप्तड बाबाका ५ सुझाव

खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुन् । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी चिकित्सक थिए । भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका उनले कोलकाताबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि भने उनको झुकाव अध्यात्मतिर भयो । उनले काशी (बनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन र अध्यापन गरे । त्यसपछि साधनाका लागि १९८६ सालमा नेपाल आए । त्यस क्रममा डोटीको खप्तड लेकमा ५० वर्ष बसे ।

उनले मानव जीवनलाई शान्त, सुखी पार्न विचारको नियन्त्रणमा जोड दिए । विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उनले यसभित्रको रुप, रङ र प्रभावलाई ‘विचार विज्ञान’ भनेर नामकरण गरेका छन् ।

आत्मिक शक्तिलाई आफ्नो वशमा राख्न सुझाउने खप्तड बाबाले मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको शुद्धतामा जोड दिएका छन् । आरोग्य रहने सरल साधन भन्दै उनले यी ५ उपाय सुझाएका छन्: १. सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् । चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयास गर । हास्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर । २. दोष, दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक । ३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान् बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ । ४. मौन धारण गर । व्यर्थ बकवास नगर । आत्म प्रशंसाको त्याग गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आफ्ना इच्छाहरुलाई आफ्नो अधीन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ । स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ । ५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । ‘ईश्वर सब प्राणीहरुमा समभावले स्थित छ ।’ यस कुरामा श्रद्धा राख । ‘म जे पनि गर्न सक्छु ।’ यो विश्वास राख । यस्ता विचारहरुले तिम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहला, किनभने तिमी जस्तो भावना गर्नेछौ, उस्तै नै बन्नेछौ । मानस-शास्त्रको नियम छ- जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय हुँदैन । (खप्तड बाबाको कृति ‘विचार विज्ञान’ बाट साभार)