Aug.21

बुवा र म – Fathers day Special

मेरा बुवा, मलाई स्र्मरण भए सम्म लाग्छ त्यो २०५३,५४ साल ताका को कुरा हो
उहा  बिहानै उठ्ने नित्य कर्म गर्ने र चौरमा बोरा बिछाएर योग, ध्यान गर्नुहुन्थ्यो र
दैनिक ६ कि. मी. को पैदल दुरीमा स्कुल, कलेज र अन्य जिम्मेवारीका साथ साथै समाज सेवामा खुसि खुसि लाग्नु हुन्थ्यो l

हामी आधि दर्जन सन्तान बिशेस थियौ – दुई वटा ठुलो दिदि
बाहेक सबै संग बाल्यकाल देखि योवाना सम्म स्मरण गर्न लायक छन्  –

बुवा उठ्नु सबेरै झटपट उठ्नुहुन्थ्यो बोल्नु हुन्थ्यो (जब हामी  निन्द्रामा नै हुन्थ्यौ)- बिहानै उठ्नु पर्छ, सुभ-मुहूत मा सोचेको गरेको काम सफल हुन्छ l 

बुवा ले उति बेला भन्ने गरेका सब्दले निद्रा बिगारेको आनुभव हुन्छ तर आहिले सत्य तेही रहेछ र हो लाग्छ l

मेरो जिबनमा  बिशेस महत्तो पाएको छ त्यो समय र सब्दले l

 

कहिले काहिँ हामी दाजु भाई दिदि बहिनी बिशेस दिन मौसम मा बुवा को सिको गर्थ्यौ सिकाउनु हुनथ्यो र सिक्थ्यै योग गर्ने सधै स्वस्थ रहने र रहनु पर्छ भन्ने मेरो बुवा को सन्देस मेडिकल औसधीको प्रयोग नगरी रोगी हुन बाट बचौ

आहिले राम देव को चर्चा परिचर्चा चलेरहेका बेला उहिले २०५३ तिर (मेरो बुवा ले सिकाउनु) हुने सुर्यनामस्कर,हलासन, मयुराशन, कुर्कुटसन, बाघाशन, शिर्षाशन, सबाशन, ध्यानआसन  हामी ले सकेका थियौ र गर्थ्यौ, किन गर्थ्यौ थाहा छैन तर मेरो बुवा को योग ध्यान,

तेती बेला लाग्थ्यो कि मेरो बुवा के गर्नु हुन्छ, किन गर्नु हुन्छ, के के गर्नु हुन्छ

तर

बिडम्बना १८ वर्ष बुवा संग बस्दा १ गोलि औसधि नखाएको मेरो शरिर दिनचर्या, बुवाको सुपरीबेक्षण बिना मैले बिताएका ७-८ वर्ष मेरा लागि सारै महंगा भए गलत दिनचर्या, कमजोर मनोवल र बुवा को सिको नगरेको मा मलाई ठुलो औषधि को बर्षा आफै सरिर मा टेस्ट गर्नु पर्ने भयो र बिडम्बना डाक्टर मात्रै नभएर बिषेशज्ञ संग को मेरो चिनजान बाकलिन पुग्यो l
(औषधि संग को नाता – डाक्टर ले पेसा चलाउन र फर्मैसिस्ट ले नाफा कमाउन बाहेक अरु दृस्टिकोण लाग्न छोडेपछि मैले उहेलेको बुवा ले सिकाउनु भएका कुरा स्मरण आयो र रामदेव जी ले प्रबर्दन गरेको मेडीटेसन् भिडियो गरी दैनिकी लाई फेर्न पुगे l

 

बिषेस थिए मेरा बुवा,

१. आफु सधै स्कूल पढाउनु हुन्थ्यो तर पढ भनेर मेरो रुटिन कहीले बनाआउनु हुन्थ्येन 

म अरु बुवा हरु मा देखि रहेको छु आफुले गर्न नसकेको चाहना आफ्नो छोरा छोरि मा लादीरहेको l म आज यो ठाउँ मा हुन्थ्ये हुला जस्तो लाग्दैन यदि बुवा ले आफ्नो चाहन म मा लादेको भए l 

अरु बुवा हरुलाईनी सल्लाह सुझाब छ कि आफु ले गर्न नसकेको छोरा छोरि बाट गराउने भन्दा पनि उसले गर्न सक्ने (चाहना) मा सहयोगी भइ दिनुहोस त्यो तपाई ले देखेको भन्दानि राम्रो बाटो हुन सक्छ l

२. दाई दिदि संग तुलना नगरी मेरो प्रगति मा सधै रमाउन र साथ दिनु हुन्थ्यो – (आहिले को दुनिया संग तुलना गरेर कसैको भनेको मा लाग्ने मान्छे भै दिएको त म रहदैन थिए होला) सायद मलाई याद भए सम्म हामो परिवार मा कसै ले पास भएमा हर्स मनाइन्थ्यो
बिशेस गरी मेरो ( दाई दिदि कक्षा मा पहेलो दोश्रो कक्षामा  (पहिलो श्रेणी) हुनुहुन्थ्यो ममी ले खिर माडा पकाएर खाएर खुसि मनाई हालिन्थ्यो बिशेस मा मध्यम सन्तान कहेले काही ममी बिर्सनु हुन्थ्यो र बुवा को गालि को भागीदार हुनुहुन्थ्यो l

३. सबै संग सुमधुर व्यवहार सबै लाई सहयोग – सायद म पनि गर्न चाहन्छु (सक्दैन होला) – अरुको पिडा लाई  आफ्नो सम्झी गर्ने  नकी कसैले गरीदेओस भनेर  l

४. सिमा नाघेर सहन सिकाउनु, सबै कुरामा आफैले प्रतिक्रिया दिई हाल्नु हुन्न समय लाई छोड्नु पर्छ भन्ने उत्योक्ति 

मेरो कमाई भन्दा बढी पिन्सन भएको मेरो बुवा लाई कहिले लागेन म केहि देन सक्छु l
तर आज मैले म मा भएको र बुवाले चाहेको कुरा गरीरहेको /गर्नेकुरा ले मेरो बुवाको खुसि बढ्ने आकांङ्छ्या  लिएको छु l

तपाई को त्याग, तपस्या, समय, लगानी को दुरुपयोग हुन दिने छैन, हरदम कोशिस गर्ने छु, सबैको भलो गर्ने छु l
“बच्चा मा भन्थ्ये गर्थे बुवा को लागि ज्यान दिइन्छ भनेर
सायद त्यो मुडी, रिसालु भावनाले होला, तर मा अहिले सोच विचार गरेर नै भन्न चाहन्छु बुवा का लागि मेरो ज्यान सम्म पनि हाजिर छ र हुनेछ l”

मैले गर्न खोजेको सबै कुरामा बिश्वास गर्नु भयकोमा क्रितज्ञ नमन र आभार ब्यक्त गर्दै जुनी जुनी भए हजुर जस्तै बुवा को आकांछ्या गर्दै हजुर जस्तै बुवा हुने कोसिस गर्ने छु बाचा गर्दछु l
र सबै सबै लाई मेरो बुवा जस्तै हुनु कोशिस गर्नु भने आनुरोध पनि गर्न चाहन्छु l

 

जब हामी पेसा ले कर्मचारी, रोजगारी, बिद्यार्थी
सबै सबै – सधै र सबै चुनौती संग सामना गर्नु पर्ने युगमा राम्रो गर्न पनि आफ्नो डाक्टर आफै बन्न पर्छ र हुन सकिन्छ भन्ने संदेश ले मैले सबै का लागि सान्दर्भिग हुने कुसा को चियो चर्चा किन नगर्ने भनेर यो पोस्ट तयार पारे l

 

आहिलेको युग एस्तो भइ सकेको छ कि मा बिरामी भए पछि खर्च गर्न लाई यति पैसा कामाउछु l

आहार, बिहार , दिनचर्या र निन्द्रा सुधारे र आफु बव्यालेन्स गर्न सकिन्छ भने किन आफ्नो जिबनको उपचारको ग्यारेन्टी अरु लाई पैसा को फीस चडाएर गर्न  लगाउनु हुन्छ l

सायद मा भन्न सक्छु योगा मेडीटेसन गर्ना ले तपाई/मलाई यी यी फाइदा हुन्छन् :

१. पढाई राम्रो गरी अरुको भन्दा राम्रो आफुमा परिबर्तन ल्याउन – जागिर गर्दा दत्त चित्त भएर गुणस्तरीय कार्य गर्न

२. सान्ति सुखी र मनको दुख लाई हटाउन

३. कुनै पनि समस्या संग लड्न सक्ने सक्ति बढाउन

४. बाह्य दुख का कारण हरुबाट टाढा रहन

५. रिस, राग, ईश्या, बैमानी हटाएर

६. पढाई राम्रो गरी अरुको भन्दा राम्रो आफुमा परिबर्तन ल्याउन – जागिर गर्दा दत्त चित्त भएर गुणस्तरीय कार्य गर्न

७. सृजनसिलता , गुणमक्ता, उत्पादकता,

८. मन को डर, भय, असन्तुस्ती  हटाउन

९. धैर्यता ल्याउन – धेरै धेरै बहलीने (दत्त चित्त नहुने) मन लाई केन्द्रिकृत गर्न

१०. फेयर कम्पिटिसन गर्न (कसैलाई पछारेर जित्नु भन्दा कसैलाई उचालेर जित्ने सोच को विकास हुनेछ)

११. कसै बाट नपाएको आस भन्दा कसै लाई देन सक्नु पर्ने भाबना ल्याउन

१२. भ्रम हरु बाट छुटकारा पाउन – राम्रो निर्णय लिन

१३. मिठो निन्द्रा, मिठो सोच, मिठो कल्पना, मिठो आस, मिठो बिश्वास बढाउन

 

 

 

आशा छ ! मैले पाएको खुसी, सुख, सन्तुटि – सबै ले पाउनुभइ सबैमा बाढ्नुहुनेछ l

सके सम्ममा कुनै गुरुसंग गएर, नभए आफै भिडियो हेरेर केवल २५ दिन तपाई गर्नुहोस अरु सधै म गरी दिनेछु तपाई सधै स्वास्थ्य रहनु हुनेछ l

 

 

Share this Story:
  • facebook
  • twitter
  • gplus

Leave a comment

Facebook Comment