Nov.29

परापूर्व कालदेखि नै ध्यानको अभ्यासः ध्यान गर्नुका अनेक फाइदा

ध्यान, शरीर विज्ञानसँग जोडिएको कुरा हो । ध्यानको अर्थ चेतनासून्य अवस्थामा रहनु यो । सामान्य अभ्यासले यस्तो चरणमा पुगिदैन । यसका लागि साधना चाहिन्छ । धैर्यता चाहिन्छ । नियमितको अभ्यास चाहिन्छ । परापूर्व कालदेखि नै ध्यानको अभ्यास गरिंदै आएको छ । हाम्रा ऋषिमुनीहरुले त ध्यानबाटै आफुमा उर्जा एवं शक्ति प्राप्त गरे भनिन्छ । मन र शरीरलाई जोड्ने सर्वोत्तम माध्याम हो, ध्यान । यसले मनलाई शुद्धिकरण गर्छ । चेतना स्तर उकास्छ ।

के हो ध्यान ?

ध्यान के हो त ? रजनीसले भनेका छन्, ‘शरीरको आन्तरिक जागरण ध्यान हो । सधै निर्विचारको अवस्थामा रहनु नै ध्यान हो ।’  ध्यानमा इन्दि्रय मनको साथ, मन बुद्धिको साथ र बुद्धि आफ्नो स्वरुप आत्मामा लीन हुन थाल्छ । यसको खास अर्थ हो,  जागरुकता, चेतना, होस, साक्षीभाव र दृष्टा भाव । यसलाई योगको आठौं अंग मानिन्छ । वाह्य वातावरणमा जसरी अनेकौ किसिमको कोलाहाल हुन्छ, त्यसैगरी हाम्रो मनमा पनि एकसाथ असंख्य कल्पाना र बिचारले कोलाहाल मच्याइरहेको हुन्छ । यो भनेको मनोविकार हो । यसले हामीलाई मनोरोगी बनाउँछ । अन्ततः यसले हामीलाई जिर्ण र रोगी बनाउँछ । यस्तो अवस्थामा ध्यानले मनको विकार हटाउन सहयोगी भूमिका खेल्छ । ध्यानले अनावश्यक कल्पना वा विचारलाई मनबाट हटाएर शुद्ध र निर्मल मौनमा रहनु हो । जति जति ध्यानमा गहिरिदै जान्छ, उत्तिनै व्यक्तिको भाव, कल्पना, विचारले कोलाहल मच्याउँदैन । मन र मस्तिष्कलाई मौन अवस्थामा राख्नु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना र अतितको सुखदुखमा जिउनु ध्यान विरुद्ध हो ।

ध्यान नै किन ?

सामान्य हिसावले हेर्दा ध्यानले तनावमुक्त गराउँछ । यसले मनलाई स्थिर, शान्त, संयमित राख्छ । यसले मानसिक विकार हटाउँछ । शरीरमा आन्तरिक शक्ति विकास गर्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । एक्लोपना, निराशाबाट मुक्त दिलाउँछ । ध्यान त्यही विधा हो, जसद्वारा हामी आफ्नो मन, मस्तिष्क, इन्द्रियलाई नियन्त्रणमा राख्न सक्छौ । यो परम आनन्दको द्वार अर्थात ढोका हो, जसले भौतिक मोह, रिस, आवेग, तनावलाई निर्मूल गर्छ ।

कसरी बस्ने ध्यान ?

भनिन्छ, ध्यान हाम्रो स्वभाव हो, जसरी हामी रुन्छौ, हाँस्छौ । त्यसैले यसको अभ्यास आफैमा कठिन भएपनि असम्भव भने छैन । निरन्तर र नियमपूर्वक अभ्यासले हामी ध्यानको अवस्थामा रहन सक्छौ । ध्यान कुनै कठिन व्यायाम होइन । यो जटिल आसन पनि होइन । पद्मासनमा वा अर्धपद्मासनमा बसेर गरिने साधरण क्रिया हो । तर, यसका लागि आफुले आफैलाई संयमित राख्न सक्नुपर्छ । १. ध्यान गर्नका लागि एकदमै शान्त, स्वच्छ वातावरण आवश्यक हुन्छ । २. बिहानको समय सर्वोत्तम हुन्छ, जतिबेला वायुमण्डलमा स्वच्छ हावा चलिरहेको हुन्छ । ३. शान्त स्थानमा पद्मासन एवं अर्ध पद्मासनमा बस्नुपर्छ । आँखा बन्द गर्नुपर्छ । ४. अब हामीले आफ्नो सम्पूर्ण ध्यान आफ्नो स्वासप्रश्वासमा केन्दि्रत गर्ने । ५. शुरुमा मन यताउता भड्कन सक्छ, तर संयमित भएर यहि अभ्यास गरिरहने । ६. यसरी श्वासप्रश्वासमा ध्यान केन्दि्रत गर्ने अभ्याससँगै विस्तारै ध्यानको गहिराइमा पुग्न सकिन्छ ।

 

परापूर्व कालदेखि नै ध्यानको अभ्यासः ध्यान गर्नुका अनेक फाइदा

Tags:
Share this Story:
  • facebook
  • twitter
  • gplus

Leave a comment

Facebook Comment